नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।
राष्ट्र बैंकले आज जारी गरेको निर्देशनअनुसार राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको आधारमा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। लघुवित्त वित्तीय संस्थाहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र नियमावली, २०७३ अनुसार ग्राहकको पहिचान र त्यसको सम्पुष्टि सुनिश्चित गर्नुपर्नेछ।
साथै, ग्राहक पहिचान र सम्पुष्टिको नीति तथा कार्यविधि तयार गरी विद्युतीय माध्यमबाट पनि खाता खोल्न सकिने प्रावधान गरिएको छ।
यस्तो कार्यविधिले आवश्यक कागजातको सूची, भरपर्दो विद्युतीय माध्यमको प्रयोग, र विवरणको नियमित सम्पुष्टि प्रक्रियालाई समावेश गर्नुपर्नेछ। विद्युतीय कारोबारका क्रममा जोखिम र दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षात्मक उपाय अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै, राष्ट्र बैंकले माघ १ सम्ममा उच्चपदस्थ व्यक्तिका खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया