२८ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीमा हस्ताक्षर गरेका हुन्। अब असारदेखि नै छपाइ प्रक्रिया सुरु हुने भएको छ।
समझदारीअनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ सम्पन्न गरी अनुमतिपत्र यातायात व्यवस्था विभागलाई हस्तान्तरण गर्नेछ। छापिने लाइसेन्समा क्यूआर कोडसहितका विभिन्न सुरक्षा जस्ता विशेषता समावेश गरिनेछ।




















प्रतिकृया