पेट्रोल सस्तो भएपछि पम्पमा ‘पेट्रोल छैन’ को बोर्ड: सर्वसाधारणलाई सास्ती

पेट्रोल सस्तो भएपछि पम्पमा ‘पेट्रोल छैन’ को बोर्ड: सर्वसाधारणलाई सास्ती

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा घटाएपछि काठमाडौंसहित देशभरका विभिन्न पेट्रोल पम्पहरूले कृत्रिम अभाव सिर्जना गरेका छन्।

पम्प सञ्चालकहरूले ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुन्ड्याएर इन्धन बिक्री वितरण रोक्दा सर्वसाधारण मारमा परेका छन्।

निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो।

निगमका अनुसार सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै धेरै पेट्रोलपम्पले मूल्य घट्ने अनुमान गरेर डिपोबाट इन्धन लोड गरेनन्। सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि व्यवसायीले जानाजान कृत्रिम अभाव खडा गरेपछि उपभोक्ताहरू सास्ती भोग्न बाध्य भएका छन्।

निगमले काठमाडौं उपत्यकामा तीन वटा अनुगमन टोली खटाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स