यो देशमा प्रश्नभन्दा माथि कोही छैन, म जतिबेला पनि जवाफ दिन तयार छु: रवि लामिछाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
यो देशमा प्रश्नभन्दा माथि कोही छैन, म जतिबेला पनि जवाफ दिन तयार छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू कुनै पनि प्रश्नभन्दा माथि नरहेको बताएका छन्। बिहीबार गोरखा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा कसैलाई पनि प्रश्नभन्दा बाहिर राख्न नहुने धारणा राखे। ‘यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन, जसले जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,’ उनले भने, ‘न म प्रश्नभन्दा बाहिर छु, न सुदन गुरुङ नै प्रश्नभन्दा माथि छन्।’

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुदन गुरुङको प्रचारका लागि गोरखा पुगेका लामिछानेले गुरुङलाई जिताएर संसद्‌मा पठाउने दाबी गरे। उनले गुरुङ संसद्‌मा पुगे भ्रष्टाचारविरुद्ध कडा आवाज उठ्ने जिकिर गर्दै ‘सुदन गुरुङ सदनमा जाला भनेर अहिलेदेखि नै भ्रष्टाचारीको जिउ काँपेको छ’ भने। उनले गोरखाबाट विगतमा धेरै नेता विजयी भए पनि जिल्लाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै यसपटक गोरखाले जित्नुपर्ने र त्यसका लागि गुरुङलाई विजयी गराउनुपर्ने बताए।

प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियानअन्तर्गत लामिछाने बिहीबार गोरखाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स