एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको २६३ औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मिति २०८३ बैशाख ४ गते बसेको उक्त बैठकले संस्थाको वित्तीय अवस्था सुदृढ र सबलीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।

संस्थाले नियामक निकायको निर्देशन बमोजिम छुट्याउनु पर्ने रकमहरूको व्यवस्था गरे पश्चात बाँकी रहेको रकमबाट लाभांश नदिई उक्त आर्थिक वर्षको वित्तीय विवरणहरू वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स