एनआईसी एशिया क्यापिटलको ४ वटा म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया क्यापिटलको ४ वटा म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित चार वटा म्युचुअल फण्डहरूबाट नगद लाभांश घोषणा गरेको छ। साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलको बन्दमुखी योजनाहरू अन्तर्गत एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डले ९.९० प्रतिशत, र एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत नगद लाभांश दिनेछन। यस्तै, क्यापिटलको खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

लाभांश वितरणका लागि फन्डहरुले साउन २९ गते बुक क्लोज गर्ने भएको छ। जसअनुसार, साउन २८ गते बुधबारसम्म कायम रहेका इकाइधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Screenshot 3 8 2025 145410 equitynepal.com https://bajarkochirfar.com/nic-asia-capitals-4-mutual-funds-declare-dividends-when-will-they-close-the-books | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स