एनआईबिएल सहभागित फण्डले गर्यो ७ प्रतिशत लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
एनआईबिएल सहभागित फण्डले गर्यो ७ प्रतिशत लाभांश घोषणा
AdvertisementAds

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागित फण्डले आर्थिक वर्ष ०८१/८२ का लागि करसहित ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। योजनाले साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय लिएको छ। बुक क्लोजको आधारमा सो दिनसम्म कायम रहने इकाईधनीहरुले लाभांश प्राप्त गर्नेछन्।

हाल यो योजनाको ६ अर्ब रुपैयाँको आकार समाप्त भइसकेको छ। तर साउन ५ गतेसम्म थप गरिएको इकाई संख्या नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार बृद्धि स्वीकृत भइसकेपछि मात्र हितग्राही खातामा जम्मा हुने र सोही अनुसार लाभांश पाउने व्यवस्था छ।खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने व्यवस्था छ। कर तथा डीपी शुल्क कटौतीपछि बाँकी रकम समायोजित मूल्यमा फिर्ता लगानी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स