राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसदहरूले आज पशुपतिनाथ दर्शन गरेका छन्। संसदीय दल नेता ज्ञानेन्द्र शाहीका अनुसार, प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी पार्टीका कुल ५ सांसदमध्ये आज ज्ञानेन्द्र शाही, खुस्बु ओली, भरत गिरी र सरस्वती लामाले दर्शन गरेका हुन्।
नेता शाहीले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ भगवान् पशुपतिनाथको दर्शन गर्न आएका हौं।” उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने योजना रहेको पनि बताएका छन्।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज दिउँसो शपथ ग्रहण गराउने तयारी छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया