गण्डकीका नवनियुक्त मन्त्रीहरूले गरे सपथ ग्रहण, कसलाई कुन मन्त्रालय ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २ गते
गण्डकीका नवनियुक्त मन्त्रीहरूले गरे सपथ ग्रहण, कसलाई कुन मन्त्रालय ?
गण्डकी, २ वैशाखM u08sL k|b]zsf gjlgo'Qm dGqLx?sf] zky गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट बुधबार प्रदेशका नवनियुक्त मन्त्रीहरूnfO{ पद तथा गोपनीयताको zky u/fpg'x'Fb} । तस्बिरM राम थापा रासस

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । नियुक्त हुनेमा मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र रेखा गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन् ।

त्यस्तै, एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री नियुक्त भएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स