नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान अर्थ मन्त्रालय पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन्।
भेटका क्रममा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, गभर्नर पौडेलले देशको अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याको समाधानमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको समग्र अर्थतन्त्रको नेतृत्व गर्ने जिम्मेवारी निभाउने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए। साथै, उनले वित्तीय क्षेत्रको प्रभावकारिता बढाउन राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे।
उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतका उपस्थित व्यक्तिहरूले पनि डा. पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया