नेपाली सेनाले भन्यो: सुरक्षाकर्मी परिचालनपछि आपराधिक गतिविधि नियन्त्रणमा

नेपाली सेनाले भन्यो: सुरक्षाकर्मी परिचालनपछि आपराधिक गतिविधि नियन्त्रणमा

देशभर नेपाली सेना लगायत सुरक्षाकर्मीहरु परिचालन भएपछि राजधानी काठमाडौंसहित विभिन्न स्थानमा आपराधिक गतिविधि नियन्त्रणमा आएको जनाएको  छ। नेपाली सेना अनुसार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट प्रकरणमा संलग्न ४ जनालाई भाद्र २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विशेष अपरेसनमार्फत पक्राउ गरिएको छ।

त्यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षाकर्मीलाई देखेपछि भाग्दा फ्याँकेर गएको नेपाली रुपैयाँ २,३२,५०० र अमेरिकी डलर २,५०० बरामद गरिएको छ।

यसैगरी, सुरक्षाकर्मीहरुले लुटिएका हतियारमध्ये थप १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार फिर्ता गरेको जानकारी दिएको छ। डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ कैदी नियन्त्रणमा लिइएका छन् भने काठमाडौंको डिल्लीबजार सदर कारागारमा भाग्ने प्रयासलाई सुरक्षाकर्मीहरुले असफल बनाएका छन्।

Screenshot 2025 09 10 134143 https://bajarkochirfar.com/nepali-army-says-situation-under-control-nationwide-after-security-deployment | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स