बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा संकलन गर्दै आएको छ। यही सिलसिलामा, राष्ट्र बैंकले आज जेठ १९ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको गुणनफलमा बोलकबोल गर्न सक्नेछन्, जसमा बाँकी रकम स्वतः निःशेष गरिने व्यवस्था गरिएको छ।
बोलकबोल ब्याजदरको आधारमा हुने छ र बहुब्याजदरको आधारमा पनि बहुबोलकबोल गर्न सकिने सुविधा रहनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
२० दिने अवधि हुने यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असार ८ गते भुक्तानी गरिनेछ।




















प्रतिकृया