बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ५० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम निक्षेपको रूपमा खिच्ने जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको साँवा र ब्याज आगामी जेठ २८ गते भुक्तानी गरिनेछ।
यो निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यसरी खरिद गरिने निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था राष्ट्र बैंकले स्पष्ट पारेको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया