बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एकपटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्ने भएको छ। आज (वैशाख २१) केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ संकलन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे हुनेछ। यो प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउने छन्। सहभागी संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणफलमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
यो २१ दिने निक्षेप संकलन मेकानिजमको रकम तथा ब्याज जेठ ११ गते फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय कर्जाको माग सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको छ। बैंक तथा वित्तीय संस्थाहरू न्यूनतम ब्याजदर (झन्डै ३ प्रतिशत) मा समेत राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया