नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। उक्त उपकरणका लागि बोलकबोल प्रक्रिया आइतबार नै सञ्चालन हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले २१ दिन अवधिको यो उपकरणमार्फत तरलता चाप घटाउने प्रयास गरेको हो। संकलन भएको रकमको साँवा तथा ब्याज जेठ ११ गते भुक्तानी गरिनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीबाट निर्धारण हुनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। माग बढी भएमा रकम समानुपातिक रूपमा बाँडफाँट गरिने व्यवस्था गरिएको छ।




















प्रतिकृया