वित्तीय प्रणालीमा तरलता अत्यधिक रहेकाले राष्ट्र बैंकले आज (बुधबार) पुनः २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम प्रशस्त भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै सो रकम झिक्न लागेको हो।
राष्ट्र बैंकले २१ दिनका लागि यो निक्षेप संकलन सञ्चालन गर्दैछ। राष्ट्र बैंकले हरेक आइतबार र बुधबार नियमित रूपमा तरलता व्यवस्थापनका लागि रकम झिक्ने कार्य गर्दै आएको छ। सोही क्रममा आज पनि २० अर्ब रुपैयाँ झिक्न लागिएको हो।
निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र निक्षेप निक्षेप संकलन उपकरणको बोलकबोलमा भाग लिन पाउने व्यवस्था गरिएको छ। खरिद गरिएको यो निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया