बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले आइतबार पुनः २० अर्ब रुपैयाँ बजारबाट संकलन गर्न लागेको छ। तरलता व्यवस्थापनलाई सहज बनाउन २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम संकलन गर्न लागेको राष्ट्रबैंकको सुचनामा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार यस्तो प्रक्रिया अपनाउँदै आएको छ। सोही क्रममा आज फेरि २० अर्ब रुपैयाँ संकलन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकको सूचनाअनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनमा बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। साथै, यसरी खरिद गरेको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया