बैंकमा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीले २०८७ असारसम्म सेयर स्वामित्त्व घटाउन राष्ट्र बैंकको निर्देशन

बैंकमा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीले २०८७ असारसम्म सेयर स्वामित्त्व घटाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गरेका लगानीकर्तालाई सेयर संरचना मिलाउन समयसीमा दिएको छ। केन्द्रीय बैंकका अनुसार यस्तो सेयरधारण २०८७ असार मसान्तभित्र तोकिएको सीमाभित्र ल्याइसक्नुपर्नेछ।

राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशतसम्म मात्रै सेयरधारण गर्न पाइनेछ। त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थामा भने चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ।

‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने यो सीमा केही फरक राखिएको छ। त्यस्ता संस्थामा एउटामा बढीमा २५ प्रतिशत र अन्यमा १० प्रतिशतसम्म सेयरधारण गर्न सकिने व्यवस्था छ। यद्यपि, सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले आफ्ना सहायक कम्पनीमा संस्थापकको हैसियतमा गर्ने लगानीमा भने यी सीमाहरू लागू हुने छैनन्।

तोकिएको सीमाभन्दा बढी सेयरधारण गरेका संस्थापक सेयरधनीहरू तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश र बोनस सेयर रोक्का रहने र हकप्रद सेयर जारी हुँदा त्यस्ता सेयरधनीलाई सहभागी हुन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

यस्तो अवस्था रहेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सकिने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ। तर, सेयरधनीले चाहेमा आफ्नो हकप्रद सेयरहक अन्यलाई हस्तान्तरण गर्न भने यो निर्देशनले बाधा नपार्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै निर्देशन जारी हुनुअघि नै तोकिएको सीमाभन्दा बढी सेयरधारण गरेका सेयरधनीले पनि २०८७ असार मसान्तसम्म अनिवार्य रूपमा सेयर सीमा कायम गर्नुपर्ने उल्लेख गरेको छ। तोकिएको समयसीमासम्म पनि सीमा कायम हुन नसकेमा नियमअनुसार कारबाही गरिने चेतावनी समेत केन्द्रीय बैंकले दिएको छ।

594453680 888033360227885 2499793014511455405 n https://bajarkochirfar.com/nepal-rastra-bank-has-directed-shareholders-holding-shares-in-excess-of-the-prescribed-limit-in-the-bank-to-reduce-their-shareholding-by-ashar-2087 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स