नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?



Advertisement
Ads

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डले पुस २५ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति प्रदान गरेको जनाएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ।आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस् क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।


Advertisement

बीमा क्षेत्रको विकासलाई प्रवर्द्धन गर्न नेपाल बीमा प्राधिकरणले लघु बीमकहरूलाई चुक्तापुँजीको ३० प्रतिशत सर्वसाधारणबाट जुटाउन निर्देशन दिएको थियो।यस अघि गार्डियन माइक्रो लाइफले आईपीओ निष्काशनको अनुमति पाएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर