नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डले पुस २५ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति प्रदान गरेको जनाएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ।आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस् क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।
बीमा क्षेत्रको विकासलाई प्रवर्द्धन गर्न नेपाल बीमा प्राधिकरणले लघु बीमकहरूलाई चुक्तापुँजीको ३० प्रतिशत सर्वसाधारणबाट जुटाउन निर्देशन दिएको थियो।यस अघि गार्डियन माइक्रो लाइफले आईपीओ निष्काशनको अनुमति पाएको थियो।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया