इम्पेरमेन्ट चार्ज घट्दा नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ५८ प्रतिशतले बढ्यो

इम्पेरमेन्ट चार्ज घट्दा नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ५८ प्रतिशतले बढ्यो
Advertisement Ads

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुद नाफा उल्लेखनीय रूपमा बढेको छ। बैंकको खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ।

इम्पेरमेन्ट चार्ज घटेकाले बैंकको सञ्चालन नाफा सुधारिएको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ८६ करोडबाट घटेर १ अर्ब ७७ करोड रुपैयाँमा झारेको छ जसकारण सञ्चालन मुनाफा ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुगेको हो। तर वितरणयोग्य मुनाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको खराब कर्जा अनुपात०.४७ प्रतिशतले बढेर १.६७ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ अर्ब २ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।

viber image 2025 01 20 07 12 13 659 https://bajarkochirfar.com/nepal-investment-megas-profit-increases-by-58-percent-as-impairment-charges-decrease | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स