नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १५ लाख कित्ता साधारण सेयर बिक्रीमा राख्न लागेको हो।
निष्काशन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। नेचुरल स्प्रिट्सका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते स्थापना भएको नेपालकै तीव्र गतिमा बढ्दो मदिरा उत्पादन कम्पनी हो, जसको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा र केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर छ भने हाल यसले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन वार्षिक १ लाख ३४ हजार २९८ लिटर उत्पादन गर्दै बजारमा उपलब्ध गराइरहेको छ।














![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)






![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया