राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु, प्राविधिक समस्या नआए नतिजा आजै प्रकाशित गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु, प्राविधिक समस्या नआए नतिजा आजै प्रकाशित गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनसम्बन्धी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, कुनै प्राविधिक समस्या नआएमा छ, अन्यथा भोलिसम्ममा सार्वजनिक गर्ने तयारी गरिएको छ।

यसै विषयमा अन्तिम निर्णय लिन बोर्डको बैठक हाल चलिरहेको छ।

एसईई २०८१ सालको परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा बोर्डका अनुसार, सो परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए, जसअनुसार कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ पुगेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स