नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवनको इच्छाकामना–५ स्थित तुइनखोलामा आज बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक डिभिजन कार्यालय भरतपुरले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार बिहान ११ बजेबाट सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालयले वर्षाको समयमा ढुंगा खस्ने जोखिम उच्च हुने भएकाले यात्रुहरूलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स