राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्। पार्टीको जिम्मेवारीमा पुनः फर्किएका लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गर्दै सरकारले लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाए। उनले सरकारको षड्यन्त्र अझै नसकिएको उल्लेख गर्दै कुनै पनि समस्यासँग जुध्न तयार रहेको स्पष्ट पारे।
‘सरकारले सक्ने जति जोडबल लगाएको छ, दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो,’ लामिछानेले भने, ‘शरीरमा एक थोपा रगत हुन्जेलसम्म लुटतन्त्रको विरोधमा उभिन्छु।’ उनले अदालतको आदेशको अपव्याख्या गरिएको दाबी गर्दै आफू जुनसुकै तराजुमा तौलन तयार रहेको बताए।



















प्रतिकृया