राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई पार्टी विधानमा उल्लेखित ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू गर्न सम्झाएका छन्।
बुधबार आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले पार्टी अनुशासन पालना गर्न विशेष रूपमा निर्देशन दिएका हुन्। उनले फरक-फरक पृष्ठभूमिका सांसदहरूलाई मर्यादित र अनुशासित रहन आग्रह गर्दै भने,‘सरकार दुई तिहाइको छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरी रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्ने छ एउटा स्वतन्त्रा हुन्छ, एउटा अनुशासन हुन्छ । यो बीचमा पातलो रेखा हुन्छ । तपाईंहरूको स्वतन्त्रता हनन् गर्ने कुनै पनि उद्देश्य मेरो छैन । स्वतन्त्रता अनुशासित भएर प्रयोग गर्नुहोस् । पार्टीको विधान र व्यवस्था ख्याल गर्नुस् ।’
लामिछानेले पार्टी अनुशासनको महत्त्व जोड्दै भने,“पार्टी ठूलो भएको छ, अनुशासन नभए अराजकता फैलिन सक्छ। सबै सांसदले ‘म केन्द्रित’ राजनीतिबाट बाहिर उठेर देश केन्द्रित राजनीति गर्नुपर्नेछ।”
















प्रतिकृया