instainsta

बजारमा अधिक तरलता, राष्ट्र बैंकले आज फेरि ३५ अर्ब उठाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २४ गते
बजारमा अधिक तरलता, राष्ट्र बैंकले आज फेरि ३५ अर्ब उठाउँदै
AdvertisementAds

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज थप ३५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट उक्त रकम तान्ने योजना बनाएको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

संकलन गरिएको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि राष्ट्र बैंकले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स