बैंकिङ प्रणालीमा पैसाको ओइरो, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ११ गते
बैंकिङ प्रणालीमा पैसाको ओइरो, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएको कारण फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्ने भएको छ। यस अन्तर्गत आज चैत ८ गते दिउँसो ३ बजे बोलकबोल हुने छ र बैंकिङ प्रणालीबाट कुल ४० अर्ब रुपैयाँ संकलन गर्ने योजना छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। प्रत्येक बैंकले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछ, जसमा एकल वा बहुब्याजदर दुवै प्रकारका बोलकबोल स्वीकार हुनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरण हो र मूलधन तथा ब्याज भुक्तानी वैशाख २ गते हुनेछ। पछिल्ला समयमा कर्जाको माग नबढेको कारण बैंकिङ प्रणालीमा तरलता धेरै छ र बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशत हाराहारी ब्याजदरमा पनि राष्ट्र बैंकलाई पैसा राख्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स