सरकारले बैंकर र व्यवसायीलाई छुट्याउने प्रक्रियामा समय दिनुपर्ने वा तत्काल छुट्याउनु पर्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय नगरेको अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि छलफलका क्रममा सांसदहरूले बैंकर र व्यवसायी छुट्याउनका लागि पर्याप्त समय दिनुपर्ने प्रस्ताव राखेका थिए।
यस विषयमा सचिव घिमिरेले मन्त्रालयमा थप छलफल भइरहेको र यसका संभावित प्रभावहरूलाई ध्यानमा राखेर निर्णय गरिने बताए। उनका अनुसार, “बैंकर र व्यवसायी तत्काल छुट्याउने कि समय दिने भन्ने विषयमा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ। यसले पुँजी बजारमा पार्न सक्ने असरलाई हेरेर टुंगोमा पुग्नुपर्छ। व्यवहारिक रूपमा कठिनाइ आउनसक्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। सरकार यही दिशामा छ।”














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया