महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनको बैंक खातामा ५० हजार रुपैयाँ नगद रहेको छ।
उनले श्रीमानको खातामा करिब १५ लाख रुपैयाँ रहेको पनि उल्लेख गरेकी छन्। साथै श्रीमानसँग पल्सर मोटरसाइकल रहेको विवरणमा देखिन्छ।
मन्त्री वादीसँग विवाहमा प्राप्त १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरिएको छ।
उनको नाममा सुर्खेतमा करिब ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ। साथै घरायसी प्रयोगका लागि एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी २० वटा कुखुरा र एउटा कुकुर पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया