माइक्रोसफ्टले एआईमा तीन अर्ब डलर लगानी गर्ने घोषणा

माइक्रोसफ्टले एआईमा तीन अर्ब डलर लगानी गर्ने घोषणा

अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षभित्र भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार तथा तालिमका लागि तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले उक्त योजना सार्वजनिक गरेका हुन्। कम्पनीले सन् २०३० सम्म एक करोड भारतीयलाई एआई सम्बन्धी सीप विकासका लागि तालिम दिने लक्ष्य लिएको छ।

माइक्रोसफ्टले आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्न देशका डाटा सेन्टर क्याम्पसमा लगानी गर्ने जानकारी दिएको छ। हाल कम्पनीसँग भारतमा तीनवटा डाटा सेन्टर क्षेत्रहरू छन्। “यो लगानीले भारतको द्रुत रुपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरु पूरा गर्ने लक्ष्य राखेको छ,” माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स