पुससम्म माइक्रो नन् लाईफ इन्स्योरेन्सको व्यापार ४२ करोड, कसको कति?

पुससम्म माइक्रो नन् लाईफ इन्स्योरेन्सको व्यापार ४२ करोड, कसको कति?

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४ माइक्रो नन् लाईफ इन्स्योरेन्सहरूले ४२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। पुस मसान्तसम्म यी कम्पनीहरु १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी व्यापार गर्न सफल भएको छ। यसले ४९ हजार ३८४ वटा बीमालेख जारी गरेर १२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३९ हजार १०९ वटा बीमालेख जारी गरेर १० करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ भने स्टार माइक्रो इन्स्योरेन्सले ४४ हजार ६८३ वटा बीमालेख जारी गर्दै ९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३५ हजार २९५ वटा बीमालेख जारी गरेर ९ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स