संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा भन्सार सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ, जहाँ स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरिनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धी विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ, जसमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल गरिनेछ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ, जसमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट पेश गरिनेछ र छलफल हुनेछ। त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानका लागि प्राप्त सुझावमाथि छलफल हुनेछ। संघीय संसद् सचिवालयका अनुसार सबै बैठकहरू निर्धारित समयअनुसार सञ्चालन हुनेछन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया