मेयर बालेनले ट्रम्पलाई मेन्सन गर्दै भने, “डिभी लट्री बन्द गर, हाम्रा रत्नहरु फर्काऊ”

मेयर बालेनले ट्रम्पलाई मेन्सन गर्दै भने, “डिभी लट्री बन्द गर, हाम्रा रत्नहरु फर्काऊ”
Advertisement Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका अल्छीहरूको देश रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै उनले अमेरिकीहरू आफैं देश बनाउन नसक्ने र त्यसका लागि बाहिरी देशका जनशक्ति आवश्यक पर्ने बताएका छन्।

मेयर बालेनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंहरूको भन्दा राम्रो छ भन्ने महसुस गराउनुभयो। हामी गरिब छौं, किनकि हाम्रा मानिसहरू देश छोडेर जाँदैछन्। तपाईंहरू गरिब हुनुहुन्छ, किनकि तपाईंका नागरिकहरूले आफ्नै देश बनाउन सक्दैनन्।”

उनले डिभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भन्दै त्यसलाई तत्काल बन्द गर्न माग गरेका छन्। नेपालका ‘रत्न’हरू विदेशिनु देशका लागि घाटा भएको उल्लेख गर्दै उनले तिनलाई फिर्ता ल्याउन आवश्यक रहेको बताएका छन्।

download 12 https://bajarkochirfar.com/mayor-balen-mentions-trump-and-says-stop-the-dv-lottery-give-back-our-gems | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स