३ महिना सरकारलाई सुक्ष्म रूपमा हेर्नुस् परिवर्तन आफैँ बोल्छ: अमरेशकुमार सिंह

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २० गते
३ महिना सरकारलाई सुक्ष्म रूपमा हेर्नुस् परिवर्तन आफैँ बोल्छ: अमरेशकुमार सिंह

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन्। शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकार र पार्टी दुवै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिवद्ध छन्।

सांसद सिंहले सरकारले कुनैपनि प्रकारको भ्रष्टाचार वा कुशासन स्वीकार नगर्ने स्पष्ट पारे। उनले जनताले विश्वास गरेर दिएको मतको सदुपयोग गर्दै सरकार अघि बढ्ने बताए।

साथै, सरकारले जनतामा परिवर्तनको अनुभूति दिलाउनेगरी काम गर्ने बताए र सञ्चारकर्मीहरूलाई ३ महिनासम्म सरकारको कामलाई सूक्ष्म रूपमा निगरानी गर्न आग्रह गरे।

‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छन्। परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएका छन्। हामी जनताको जीवनस्तरमा सुधार देखाएर सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउनेछ। म सम्पूर्ण सञ्चारकर्मीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्छु–सरकारको कामलाई ३ महिनासम्म सूक्ष्म रूपमा अनुगमन गर्नुहोस्। हाम्रो पार्टी र सरकार कुनैपनि प्रकारको भ्रष्टाचार वा कुशासन स्वीकार गर्दैन,’ उनले भने।

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउन पार्टी पनि सक्रिय भूमिका खेल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स