नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालक समिति सदस्य लीमा अधिकारीले राजीनामा दिएकी छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सोमबार निफ्राबाट बिदा भएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष पनि हुन्।
अधिकारीले साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी छन्।
उनी गत २३ मंसिरमा आयोजित सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।
अधिकारीले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्न थुप्रै नीतिगत र प्रशासनिक सुधारहरूमा पहल गर्ने योजना रहेको बताएकी छन्।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया