लाइट, क्यामेरा, रेकर्ड — २ अर्ब !

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
लाइट, क्यामेरा, रेकर्ड — २ अर्ब !
AdvertisementAds

आर्थिक वर्ष २०८१ नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक वर्ष बनेको छ। सरकारको आधिकारिक बक्स अफिस रिपोर्टअनुसार, नेपाली र विदेशी फिल्महरूको संयुक्त ग्रस आम्दानी २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै ठूलो रकम हो।

यो वर्ष नेपालमा रिलिज भएका ५९ वटा नेपाली फिल्महरूले मात्र १ अर्ब ८० करोड रुपैयाँ कमाउन सफल भएका छन् भने ८३ वटा विदेशी फिल्महरूले ८९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेका छन्। यसरी पहिलोपटक नेपाली फिल्म बजारको कुल कमाइ यति उच्च भएको हो।

टिकट बिक्रीको हिसाबले पनि यो वर्ष उल्लेखनीय रह्यो। नेपाली फिल्मका लागि ५७ लाख ३७ हजार टिकट बिक्री भएका छन् भने विदेशी फिल्मका लागि २६ लाख ९० हजार टिकट काटिएका छन्। कुल ८४ लाख ५७ हजार टिकट बिक्री भएको तथ्यांकले नेपाली दर्शकको सिनेमा प्रतिको लगाव बढ्दै गरेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स