६ महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे ८० अर्ब ६६ करोड बीमाशुल्क, बजार हिस्सा कसको कति?

६ महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे ८० अर्ब ६६ करोड बीमाशुल्क, बजार हिस्सा कसको कति?
Advertisement Ads

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १ करोड ३३ लाख ७२ हजार १०९ बीमापत्र बिक्री गरेर जीवन बीमा कम्पनीहरूले यो रकम आर्जन गरेका हुन्।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ। कम्पनीले यो अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ संकलन गर्दै जीवन बीमा बजारको २७.८४ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ आर्जन गर्दै बीमा बजारको ११.९१ प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेर ११.७३ प्रतिशतको हिस्सा लिएको छ। यसैगरी, हिमालयन लाइफले ८ अर्ब ३३ करोड रुपैयाँ र सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गर्दा सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ र सानिमा रिलायन्सले ३ अर्ब २४ करोड रुपैयाँ संकलन गरेका छन्।

त्यस्तै, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ। आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेका छन्। रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ भने सन नेपाल लाइफले २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

 

adownload yeha 2 1 https://bajarkochirfar.com/life-insurance-companies-collected-80-66-billion-rupees-in-insurance-premiums-in-6-months-what-is-their-market-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स