८ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार एक खर्ब ८ अर्ब बढी, नेपाल लाइफ मार्केट लिडर हुँदा अरुको कति ?

८ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार एक खर्ब ८ अर्ब बढी, नेपाल लाइफ मार्केट लिडर हुँदा अरुको कति ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालका १४ जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, ८ महिनाको अवधिमा यी कम्पनीहरूले १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमा पोलिसी बिक्री गरेका छन्।

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ। कम्पनीले २९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ। कम्पनीले १३ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। चौथो स्थानमा रहेको हिमालयन लाइफले ११ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी, सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ६९ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ , आइएमई लाइफले ३ अर्ब २८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

484815310 658586593321560 5131308043807594616 n https://bajarkochirfar.com/life-insurance-companies-business-increased-by-rs-108-billion-in-8-months-how-much-more-for-others-if-nepal-life-is-the-market-leader | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स