भाटभटेनी मनि ट्रान्सफर सहित ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

भाटभटेनी मनि ट्रान्सफर सहित ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
Advertisement Ads

नेपाल राष्ट्र बैंकले ३ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । खारेज गरिएका कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्। विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम ५ बमोजिम यी तीन कम्पनीको लाइसेन्स खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने स्पष्ट गरिएको छ। राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ।

462645493 559216273599871 3350807503772555101 n https://bajarkochirfar.com/license-cancellation-of-3-remittance-companies-including-bhatbhateni-money-transfer | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स