राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा व्यंग्यात्मक टिप्पणी गर्दै पदका लागि लिलामीको बोलकबोल तीन करोड नाघिसकेको चर्चा चलिरहेको भन्दै कटाक्ष गरिन्।
कार्कीले विगतमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुखले गरेका कार्यकाल सफल र सराहनीय रहेको स्मरण गराउँदै, राष्ट्र बैंकको नेतृत्व पनि महिलाले पाउनु पर्ने धारणा राखिन्।
उनले कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै स्थायी गभर्नर नियुक्त गर्न आग्रह गर्दै भनिन्, “कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ। ५२ प्रतिशत महिलामाथि न्याय गरौँ। योग्य-अयोग्यको बहसमा नअल्झिऔँ, देशको अवस्था अहिले हास्यास्पद बन्दै गएको छ।”














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया