हायरपर्चेज कम्पनीका लागि केवाईसी अनिवार्य, उच्च पदस्थहरूको वर्गीकरण गर्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
हायरपर्चेज कम्पनीका लागि केवाईसी अनिवार्य, उच्च पदस्थहरूको वर्गीकरण गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले हायरपर्चेज कम्पनीहरूलाई ग्राहक पहिचान खाता (KYC) अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। यसअघि जारी भएका नियमहरूलाई प्रतिस्थापन गर्दै राष्ट्र बैंकले अब हायरपर्चेज कर्जा दिने कम्पनीहरूलाई ग्राहकको पहिचान अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ नियमअनुसार हायरपर्चेज कर्जा दिँदा ग्राहकको पहिचान स्पष्ट राख्नुपर्छ। ग्राहकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको विवरण विद्युतीय रूपमा राखी आवश्यक परेको बेलामा उपलब्ध गराउनुपर्नेछ। कम्पनीहरूले ग्राहक पहिचान तथा पुष्टि गर्ने नीति बनाउनुका साथै त्यसकै आधारमा कारोबार गर्नुपर्नेछ।

राष्ट्र बैंकले हायरपर्चेज कम्पनीहरूलाई उच्च पदस्थ व्यक्तिहरूको पनि वर्गीकरण गर्न भनेको छ। कम्पनीहरूले पदमा बहाल रहेका वा बहाल नभएका उच्च पदस्थ व्यक्तिहरू, छिमेकी वा अन्य विदेशी उच्च पदस्थ व्यक्तिहरू, साथै अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ व्यक्तिहरूलाई छुट्टै वर्गीकरण गर्नुपर्नेछ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स