आईएमई समूहअन्तर्गतको डिजिटल वालेट ‘आईएम खल्ती’ का सह-संस्थापक तथा निर्देशक अमित अग्रवाल फिनटेक अलायन्स नेपालका नयाँ अध्यक्ष बनेका छन्। आइतबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
फिनटेक अलायन्समा यसअघि सिटीटेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा अध्यक्ष रहेका थिए। अग्रवाल फिनटेक क्षेत्रमा लामो अनुभव भएका उद्यमी हुन्। उनी अघिल्लो कार्यकालमा उपाध्यक्षका रूपमा कार्यरत थिए। फिनटेक अलायन्स नेपाल देशमा वित्तीय प्रविधिको क्षेत्रमा ज्ञान, अनुभव र सहकार्य बढाउने उद्देश्यले स्थापन भएको संस्था हो। यसले अनुसन्धान, मेन्टोरशिप र स्टार्टअप सपोर्टमार्फत फिनटेक क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ।
नवगठित कार्यसमितिमा सिनर्जी टेक सफ्टवेयर प्रालिका सीईओ देवेन्द्र खड्का, सिटीटेक ग्रुपका सीबीओ विनोद पोखरेल, माछापुच्छ्रे बैंकका आरएम विकाश श्रेष्ठ, आईमार्क प्रालिका सह-संस्थापक आशिष शर्मा, एनसीएचएलकी सीओओ मुन्नि राजभण्डारी र आईएमएस सफ्टवेयर प्रालिका सन्तोष ताम्राकार रहेका छन्।


















प्रतिकृया