बालेनको समर्थनमा गएका दमक युवा संघका कमल पुन: एमालेमै फर्किए

बालेनको समर्थनमा गएका दमक युवा संघका कमल पुन: एमालेमै फर्किए

एमाले निकट राष्ट्रिय युवा संघ, दमक नगर कमिटीका सचिव कमल गैरे २४ घन्टा नबित्दै रास्वपा छोडेर फेरि एमालेमा फर्किएका छन्। गैरेले सामाजिक सञ्जालमा केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै आफ्नो एमालेमा फर्किएको घोषणा गरेका छन्।

कमल गैरेले विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु मार्फत राजनीतिक जीवन सुरु गरेको र त्यसपछि राष्ट्रिय युवा संघ, दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै पार्टीको विभिन्न गतिविधिमा इमानदारीपूर्वक लाग्दै आएको बताएका छन्।

उनले केही व्यक्तिको दबाब र प्रभावमा परेको भए पनि एमाले मात्र राष्ट्र र जनताको भरोसाको केन्द्र भएको उल्लेख गर्दै आफू समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै रहेको बताए। गैरेले अब पार्टीको संगठित सदस्यको रूपमा समग्र राष्ट्रको विकास र राष्ट्रनायक केपी ओलीको जित सुनिश्चित गर्न लाग्ने पनि बताएका छन्।

615806670 1471580748301105 3216033406064313310 n https://bajarkochirfar.com/kamal-of-damak-youth-association-who-had-supported-balen-returns-to-uml | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स