धौलागिरी लघुवित्त वित्तीय संस्थाले बैंकिङ क्षेत्रमा करिब दुई दशक अनुभव भएका शिवराम जोशीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गरेको हो।
जोशीले २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकको रूपमा लघुवित्त क्षेत्रमा प्रवेश गरेका थिए र त्यसपछिका वर्षहरूमा मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक र कालिका लघुवित्तमा विभिन्न उच्च पदमा कार्य गरेका छन्। २०७६ मंसिर २५ देखि धौलागिरी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत र २०८१ मंसिर १७ देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका जोशीले लघुवित्त क्षेत्रमा अनुभवसहितको नेतृत्व प्रदान गर्दै आएका छन्।
नियुक्ति पश्चात उनले सन्तुलित व्यापार विस्तार, ग्राहक सेवा सुदृढीकरण, नयाँ प्रविधियुक्त बैंकिङ सेवा र सेयरहोल्डरलाई उचित प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण, अनुपालन, शाखा सञ्चालन र मर्जर व्यवस्थापनमा अब्बल बैंकरका रूपमा परिचित छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया