नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। प्राधिकरणका अनुसार, विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति अहिले सामान्य बन्दै गएकाले कार्यालयहरू नियमित रूपमा सञ्चालनमा ल्याउन आग्रह गरिएको हो।
साथै, सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञा पनि खुकुलो पारेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सक्छन्। प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न सुनिश्चित गर्न पनि अनुरोध गरेको छ।
यसअघि, प्राधिकरणले यही भदौ २३ र २४ गतेका आन्दोलन तथा प्रदर्शनका कारण भएका क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज र सरल बनाउन सम्बन्धित निर्देशनहरू जारी गरिसकेको थियो।




















प्रतिकृया