कुलमान हटेपछि इनर्भटर व्यवसायीहरू उत्साहित, सामाजिक सञ्जालमा विज्ञापनको बाढी

कुलमान हटेपछि इनर्भटर व्यवसायीहरू उत्साहित, सामाजिक सञ्जालमा विज्ञापनको बाढी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएलगत्तै इनर्भटर र ब्याट्री व्यवसायीहरू सामाजिक सञ्जालमा आक्रामक रूपमा सक्रिय भएका छन्। फेसबुक एड लाइब्रेरी को तथ्यांक अनुसार, सरकार घिसिङलाई हटाउन आक्रामक देखिन थालेपछि विभिन्न इनर्भटर तथा ब्याट्री कम्पनीहरूले नेपाललाई लक्षित गर्दै विज्ञापन बुस्ट गर्न थालेका थिए।

घटनाक्रम हेर्दा, भारतीय कम्पनी Modern Indexpo Limited ले चैत्र ६ देखि नेपालका वितरक खोज्ने उद्देश्यले विज्ञापन बुस्ट गर्न थालेको देखिन्छ। त्यस्तै, चिनियाँ कम्पनी Anern Industry Group Limited ले पनि फाल्गुन २२ देखि नेपालका उपभोक्तालाई लक्षित गर्दै सोलार इनर्भटर तथा ब्याट्रीका विज्ञापनहरू बुस्ट गर्न थालेको छ। Tata Genvolz Nepal ले पनि चैत्र ७ बाट आक्रामक प्रचार अभियान सुरु गरेको देखिएको छ।

ipo approved 1 https://bajarkochirfar.com/innovator-entrepreneurs-excited-after-kulmans-removal-social-media-flooded | %tags

कुलमान घिसिङ हटाइएपछि इनर्भटर र ब्याट्रीका विज्ञापनहरू हिजो र आज मात्रै ठूलो संख्यामा बुस्ट गरिएको देखिएको छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो टाइमलाइनमा इनर्भटर र ब्याट्रीका विज्ञापनहरू अकस्मात् बाढी आएको भन्दै पोस्ट गरिरहेका छन्। कुलमान घिसिङ हटाइएपछि विद्युत आपूर्तिमा समस्या आउन सक्ने अनुमानसहित व्यवसायीहरूले यसलाई बजार विस्तार गर्ने अवसरका रूपमा लिएको स्पष्ट देखिन्छ।

486809706 1092387636241189 237365006656965692 n https://bajarkochirfar.com/innovator-entrepreneurs-excited-after-kulmans-removal-social-media-flooded | %tags

तर, अर्को तर्फ केही व्यवसायीहरू भने कुलमानको समर्थनमा उभिएका छन्। Battery Mart Butwal ले आफ्नो फेसबुक पोस्टमार्फत् “हामी कुलमान घिसिङको समर्थनमा छौँ, व्यापार त पछि पनि गर्न सकिन्छ” भन्दै उनीप्रति ऐक्यबद्धता जनाएको छ।

यसअघि, सरकारले घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक प्रदान गरेको थियो। ऊर्जा मन्त्रालयले कार्यसम्पादन विवरण समयमा नबुझाएको भन्दै उनलाई शून्य अंक दिएको थियो, जसपछि घिसिङलाई हटाउने सरकारको योजना झन् स्पष्ट भएको थियो। अन्ततः हिजो चैत ११ गते मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्‍यो।

घिसिङ हटाइएपछि सामाजिक सञ्जालमा इनर्भटर तथा ब्याट्रीका विज्ञापनहरू व्यापक रूपमा देखिन थालेका छन्। विज्ञापनका बाढीलाई कतिपयले संयोग भनेका छन्, भने कतिपयले सरकारको निर्णय र व्यवसायीहरूको गतिविधिलाई आपसमा जोडेर हेरेका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स