लोडसेडिङले ठूलो नोक्सानी भएको भन्दै उद्योगीहरूले सिमेन्टको मूल्य फेरि बढाए

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
लोडसेडिङले ठूलो नोक्सानी भएको भन्दै उद्योगीहरूले सिमेन्टको मूल्य फेरि बढाए

उद्योगीहरूले सिमेन्टको मूल्य पुनः प्रतिबोरा ४० रुपैयाँले बढाएका छन्।

दुई दिनअघि ६०० देखि ७६० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य हाल ६३० देखि ८०० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, ५५० देखि ६०० रुपैयाँसम्म रहेको पीपीसी सिमेन्टको मूल्य अहिले ५९० देखि ६५० रुपैयाँसम्म पुगेको छ।

सिमेन्ट उत्पादक संघका अध्यक्षले सिमेन्टको मूल्य वृद्धि स्वीकार गरेका छन्। उनका अनुसार लोडसेडिङ बढेका कारण मूल्य बढाउनुपर्ने अवस्था आएको हो। विद्युत कटौतीले उद्योगहरूमा ठूलो नोक्सानी पुर्‍याएको भन्दै उनले १२ घण्टासम्मको लोडसेडिङका कारण उत्पादन लागत बढेको बताएका छन्।

बजारमा सिमेन्ट, फलामे छड, र फलामे जालीको मूल्य लगातार बढ्दै गएको छ। मूल्य नियन्त्रण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ, जसअनुसार सात दिनभित्र एमआरपी तोक्ने सहमति जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स