नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३,१५,४०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार यो मूल्य ३,१४,८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ५,७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५,७२५ रुपैयाँमा कारोबार भइरहेको छ। यो प्रतितोला १० रुपैयाँको वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५,१९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया