कानुन बाधक भए नयाँ बनाउनुस् तर भ्रष्टाचारीलाई नछोड्नुस्: महाविर पुन

कानुन बाधक भए नयाँ बनाउनुस् तर भ्रष्टाचारीलाई नछोड्नुस्: महाविर पुन

पूर्व शिक्षा मन्त्री तथा म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित महाविर पुनले आगामी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले सरकार गठन भएको पहिलो दिनदेखि नै कानुनी प्रक्रिया पूरा गरेर भ्रष्टाचारीहरूलाई प्रभावकारी कारबाही गर्नुपर्ने बताए। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कहिल्यै उठ्न नसक्ने गरी सजाय दिनुपर्नेमा जोड दिएका छन्।

यदि विद्यमान नियमले कारबाहीमा अवरोध पुर्‍याउँछ भने तुरुन्त नयाँ नियम निर्माण गर्न आवश्यक रहेको उनले स्पष्ट पारेका छन्। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनताप्रति ठूलो धोका हुनेछ र रास्वपा पनि दीर्घकालीन रूपमा कमजोर हुने पुनले चेतावनी दिएका छन्। उनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए र भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

656020708 1237540078449363 2262414103482481943 n https://bajarkochirfar.com/if-laws-are-an-obstacle-make-new-ones-but-dont-spare-the-corrupt-mahavir-pun | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स