आईसीएफसी फाइनान्स लिमिटेडले आज (फागुन ११ गते)देखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। कम्पनीले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा कुल ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
जसमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ निष्काशन गरिएको २ लाख कित्तामध्ये १० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल रहेको छ।
कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले माघ २१ गते अनुमति दिएको थियो। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको अवधि ७ वर्षको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया